Comments Add Comment

मेरी कुसुमको व्यापारले उत्साहित मोहन, भन्छन्-‘अझै स्तरिय फिल्म बनाउँछु’


शुक्रबारबाट रिलिज भएको चलचित्र ‘मेरी कुसुम’ले नेपालमा सामान्य व्यापार गर्‍यो । तर, पनि यसका निर्माता तथा मुख्य कलाकार मोहन बोगटी खुशी छन् । दुबइबाट नै लगानीको ९० प्रतिशत उठाएका कारण पनि उनलाइ नेपालको व्यापारमा पुरा भर पर्नु परेन ।

यसैले, पनि नेपालबाट आउने रकमले आफू सुरक्षित रहेको उनको भनाइ छ । मोहनले भने-‘पहिलो चलचित्र रिलिज होला कि नहोला भन्ने अन्यौलताका विच दर्शकले मन पराइदिनुभयो । मलाई अब, नयाँ चलचित्र अझ उत्कृष्ट बनाउने हौसला मिलेको छ ।’

सुनिता शर्मा बोगटी र रविन्द्र कुँवरको निर्माणमा तयार भएको यो चलचित्रमा मोहन र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । माेहन भन्छन्-‘पहिलो चलचित्र बनाएर मैले धेरै कुरा वुझे । दर्शकले दिनुभएको मायाप्रति आभारी छु ।’

प्रेम र एक्सनको मिश्रण यो चलचित्र अहिले देशभरका हलमा चलिरहेको छ । मोहनले चाडै नै दोश्रो चलचित्रको घोषणा गर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment