Comments Add Comment

सुजाताको मागः महिलालाई उपप्रधानमन्त्री र उपसभापति चाहिन्छ

९ साउन, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीमा ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् । साथै उनले पार्टी सभापति नेतृत्वको सरकारमा महिलालाई उपप्रधानमन्त्री र पार्टीमा उपसभापति बनाउनु पर्ने बताइन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले भनिन्, ‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ । अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’

तत्कालिन पार्टी सभापति सुशील कोइरालाको पालामा ६० र ४० को भागबण्डा हुँदा पार्टीलाई राम्रो नगरेको भस्मरण गर्दै उनले भनिन्, ‘अब पनि गुटबन्दी हुनु भनेको पार्टी ध्वस्त हुनु हो । गुटबन्दी भयो भने कसरी एउटा पार्टी हुन्छ ? यो त दुई वटा पार्टीजस्तै भयो नि ?’

पार्टीभित्र अहिले पनि राम्रा मान्छेहरु पाखा लगाइएको गुनासो गरिन् । पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले योग्य र सक्षम नेताहरुलाई स्थान दिनुपर्ने भन्दै उनले भनिन्, ‘एक व्यक्ति र कुनै एक समूहलाई मात्रै चित्त बुझाउने गरी काम गर्नुहुँदैन ।’

कांग्रेस नेतृ कोइरालाले संविधानअनुसार महिलालाई हरेक निकायमा सम्मानजनक उपस्थिति गराउनुपर्ने बताइन् । उनले थपिन्, ‘संसदमा पनि महिलालाई ३३ प्रतिशत अनिवार्य उपस्थिति गराउनुपर्छ, पार्टीमा पनि दिनुपर्छ, महिला उपप्रधानमन्त्री किन नहुने ?’

कांग्रेसले पार्टीभित्र महिलाहरुलाई स्थान नदिए ठूलो दशा भोग्नुपर्ने उनको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment