Comments Add Comment

तीन तिरबाट सवारी रोकेर जमलको सडकमा कालोपत्रे (फोटो फिचर)

९ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानीका पाइप बिछ्याउन भन्दै अव्यवस्थित तरिकाले खनिएका सडकका खाल्डाखुल्डी पुर्ने काम अहिले भइरहेको छ । तर, यो काम भिआइपी एरियामा मात्र बढी केन्दि्रत भइरहेको जनगुनासो छ ।

सोमबार राजधानीको मुटु मानिने जमलको दृष्य त्यस्तै देखियो । मेलम्ची खानेपानीको पाइप बिछ्याउन जमल क्षेत्रको बाटो किनारमा खनिएको थियो ।

त्यहाँ पानी परेपछि हिलो हुने र घाम लागेपछि धुलो उड्ने हुँदा स्थानीय समस्यामा परेका थिए ।

यहाँ बिग्रिएको सडक आज पीच गरिएको छ । खाल्डो खनेको ठाउँमा मात्र होइन पिच नभत्किएको ठाउँमा पनि अलकत्रा थपेर सडक चिल्लो बनाइएको छ ।

मध्य दिनमा धमाधम पीच चलिरहँदा त्यस क्षेत्रको ट्रफिक अस्तव्यस्त बनेको थियो । यात्रुहरु लामो जाम व्यहोर्न बाध्य बनेका थिए ।

तर, राजधानीमा चाबहिल-बौद्ध जस्ता सडकहरु पनि छन् जहाँ पीच गरिएका सडक भत्किएर अलकत्राको नामोनिसान देखिँदैन । तर जमलमा भने पीचमै थप पीच गरी सडक चिल्लो पारिएको छ ।

भीआईपी हिँड्ने सडक भएकाले जमललाई प्राथमिकता दिएर अन्य स्थानको सडकलाई बेवास्ता गरेको जनगुनासो बढेको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न सरकारका सम्बन्धित निकायहरुलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment