Comments Add Comment

एनआरएनए स्पेनको अध्यक्षमा सापकोटा बिजयी

२४ जुलाई, बार्सिलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा बिजयी भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी गौतम गुरुङलाई ४७ मतले पराजित गर्दै सापकोटा विजयी भएका हुन् ।

सापकोटाले ५ सय १८ मत तथा गुरुङले ४ सय ७१ मत प्राप्त गरे । संघको पाँचौ अधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबार क्षेत्रीय समितिहरु पाईसभास्को बिल्बाउ र म्याडि्रडमा तथा आइतबार बार्सिलोनामा निर्वाचन भएको थियो ।

नव निर्वाचित अध्यक्ष सापकोटा संघका संस्थापक सदस्य तथा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन् । करिव दुई दशक लामो स्पेन बसाइको क्रममा उनी सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

यस्तै उपाध्यक्षमा सुनिल रानाभाटले सर्बाधिक ५४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी पेशलकुमार कोइरालाले ४५५ मत ल्याई विजयी भएका छन् ।

उपाध्यक्षका अर्का दुई प्रत्यासी दिलनाथ भण्डारीले ३ सय १२ मत र रोशन पाठकले २ सय ७० मत प्राप्त गरे ।

सचिवमा दिनेश कुमार गिरीले ५ सय ४२ मत र लोकबन्धु बस्नेतले ४ सय ९० मत ल्याई बिजयी बने। सचिवका अर्का प्रत्यासी तारानाथ अधिकारीले भने ३ सय ६६ मत प्राप्त गरेका छन्।

कोको निर्बिरोध बने ?

तीन पदका लागि चुनाव भए पनि अन्य पदहरुमा भने यस अघि निर्बिरोध भएका थिए ।

महिला उपाध्यक्षमा सीता सिंह महर्जन,महासचिवमा कृष्णप्रसाद भुसाल, कोषाध्यक्षमा विशाल ढुंगाना, युवा संयोजक रामचन्ऽ पौडेल र महिला संयोजकमा ऋतु ढुंगाना रेग्मी निर्बिरोध निर्वाचित भएका हुन् ।

यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश तिमिल्सिना,सन्तोष पौडेल,किरण चालिसे -प्रकाश),ज्ञानबहादुर बस्नेत,नेहा शर्मा कंडेल,उमेश पुरी,सानु राउत,हिरालाल सापकोटा -डायमण्ड), सरोज कंडेल, टिकाराम कंडेल -शास्त्री) र पशुपति कंडेल निर्बिरोध चयन भएका हुन् ।

सदस्यता बढ्यो

नेतृत्व चयनका लागि चुनाव भए पछि यसपटक एनआरएनए स्पेनमा पंजीकृत सदस्यता संख्या बढेको छ ।

सहमति हुँदा स्पेनमा ३ सय देखि ४ सयसम्म सदस्यता रहँदै आएको भए पनि यस पटक भने पंजीकृत सदस्यता संख्या बढेर १ हजार ४ सय ६ पुगेको छ । तर, मतदान प्रक्रियामा भने १ हजार ४० सदस्यहरुले मात्र भाग लिए ।

यसैवीच आइतबार सम्पन्न संघको पाँचौ अधिबेशनलाई युरोप क्षेत्रका उपसंयोजक दावा जी शेर्पाले उद्घाटन गरे ।

संघका अध्यक्ष मुक्तबहादुर गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष पेशल कोइरालाले आर्थिक तथा महासचिव उमेशप्रसाद अधिकारीले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment