Comments Add Comment

महाराजगञ्ज क्याम्पसमा प्रमुख नियुक्त, प्रताप नारायणले बुझे नियुक्ति

सहायक डीनमा अग्रवालको फरक मत

९ साउन, काठमाडौं । डा. गोविन्द केसीले अनसन सुरु गरेकै दिन सरकारले आईओएम अन्तर्गत महाराजगञ्ज क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ ।

प्रा. डा. प्रताप नारायण प्रसादलाई क्याम्पस प्रमुख नियुक्त गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तिर्थ खनियाले जानकारी दिए ।

खनियाका अनुसार क्याम्पस प्रमुख प्रताप नारायणले सोमबार नै नियुक्तिपत्र समेत बुझिसकेका छन् ।

सहायक डीनमा अग्रवालको फरक मत

सोमबारबाट अनसन सुरु गरेका शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले राखेका सात बुँदे मागहरुमध्ये आईओएममा सहायक डीन र क्याम्पस प्रमुख नियुक्ति पनि एक हो ।

सहायक डिनको रुपमा काम गर्न भन्दै राजेन्द्रप्रसाद गुरागाईं, द्वारीका प्रसाद श्रेष्ठ, डा. मधु देवकोटा दीक्षित, प्रा. मन्दिरा वन्तलाई जिम्मेवारी तोकिएको छ ।

तर, आईओएमका डीन डा. जेपी अग्रवालले भने कनिष्ठ व्यक्ति ल्याइएको भन्दै यसमा फरक मत राखेपछि नियुक्तिले औपचारिकता पाएको छैन ।

अध्ययनका लागि भन्दै वरिष्ठताको सूची झिकाइएको छ । र, उनीहरुलाई अर्को व्यवस्था नभइन्जेलका लागि सहायक डीनको रुपमा काम गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment