Comments Add Comment

मोरङको फोक्लान टापुमा पुग्यो स्वास्थ्यकर्मीको टोली

फोहोरले ज्वरोको प्रकोप फैलिएको हुनसक्ने

९ साउन, विराटनगर । भाइरल ज्वरोको प्रकोप फैलिएको मोरङ सुन्दर हरैँचा नगरपालिका-५ स्थित फोक्लान टापुमा स्वास्थ्यकर्मीको टोली पुगेको छ ।

जनस्वास्थ्य कार्यालय मोरङ्को नेतृत्वमा सोमबार गएको स्वास्थयकर्मीको टोलीले सिकिस्त बनेका वालवालिकाको स्वास्थ्य उपचार थालेको छ ।

मेडिकल अफिसर विभा मण्डलको नेतृत्वमा पुगेको स्वास्थयकर्मीको टोलीले वालवालिकाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरेकोे छ ।

टोलीका संयोजक मण्डललेे फोहोरका कारण गाँउमा ज्वरोको प्रकोप फैलिएको हुन सक्ने बताए ।

यो गाउँमा स्वरो आउने, टाउँको दुख्ने समस्याका कारण २ जनाको मृत्यु भएको छ ।

असार पहिलो सातादेखि नै ज्वारो आउने, टाउको दुख्ने र रिँगाटा चल्ने लक्षणबाट दिलबहादुर राईका १४ बर्षीय छोरा विजय राई, र डिल्लीमान तामाङ्गकी ५ बर्षकी छोरी सुस्मिता तामाङ्गको मृत्यु भएको स्थानीय रोशन राईले जानकारी दिए ।

फोक्ल्याण्ड टापुमा अन्य १७ जना भन्दा बढी वालवालिका सिकिस्त भएका छन् ।

सुरुमा एक परिवारमा मात्रै देखिएको समस्या गाउँमै फैलिएपछि स्थानीय त्रसित बनेका थिए । उनीहरुले समस्याले ठूलो रुप लिन थालेपछि जनस्वास्थ्य कार्यालयमा खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment