Comments Add Comment

आफ्नै कर्मचारीबाट घुस लिने स्वास्थ्य बिभागका उपमहानिर्देशक पक्राउ

९ साउन, काठमाडौं । स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंह घुससहित पक्राउ परेका छन् । उनलाई कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनको साथबाट १० हजार रुपैयाँ बरामद भएको अख्तियार स्रोतले बतायो ।

कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment