Comments Add Comment

बर्दियामा पेस्तोलसहित २ जना पक्राउ

फाइल तस्वीर

९ साउन, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकाबाट हतियारसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नगरपालिका वडा नं. ७ का ४२ वर्षीय छब्बन खाँँ, सोही स्थानका ५५ वर्षीय रतन यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२२ वर्षीय श्यामलाल चौधरी भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुबाट सदाहापुर नजिकै रहेको निलकण्ठ सामुदायिक वन भित्र लुकाइछिपाई राखेको अवस्थामा दुईनाल कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ५ राउन्ड गोली, एसएलआरमा लाग्ने २ राउन्ड गोली र स्पेशल रिभल्भर पेस्तोलमा लाग्ने गोली बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment