Comments Add Comment

जिसस कैलाली ९ सदस्यीय बन्ने

जिल्ला समन्वय समिति कैलालीको प्रथम जिल्ला सभा बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

यस अघि जनप्रतिनिधिवीच जिल्ला समन्वय समिति कैलाली ८ सदस्यीय बनाउने की ९ सदस्यीय बनाउने भन्ने विषयमा विवाद भएको थियो ।

९ साउन, काठमाडाैं । धनगढी उपमहानगरपालिकाका मेयर नृप वड तथा उपमेयर सुशीला मिश्र भट्टले जिल्ला समन्वय समिति ८ सदस्यीय बनाउनुपर्ने अडान राखेपनि उनीहरुको समर्थनमा कैलालीका अन्य स्थानबाट कांग्रेसबाट जितेका स्थानीय तहका प्रतिनिधिहरुले समेत असहमति जनाएका थिए ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष एवंम जेष्ठ सदस्य नवलसिंह रावलले १३ वटा स्थानीय तहका प्रतिनिधिलाई जिल्ला समन्वय समिति ८ की ९ सदस्यीय बनाउने भन्ने प्रस्ताव राख्दा ९ सदस्यीय बनाउनेहरुको बहुमत भएपछि सोही निर्णय गरिएको हो ।

अव जिल्ला समन्वय समितिको चुनाव निर्वाचन कार्यालयले गर्नेछ । जिल्ला समन्वय समितिमा ३ महिला सदस्य, दलित र अल्पसङख्यक मध्ये १ सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

मोहन्याल गाउँपालिका अध्यक्ष तथा निर्वाचित प्रतिनिधिमध्ये जेष्ठ सदस्य नवलसिंह रावलको अध्यक्षतामा भएको प्रथम जिल्ला बैठक भेलामा जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत धनसिंह महराको पनि उपस्थिति थियो ।

बैठकमा कैलालीका १३ वटै स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment