Comments Add Comment

क्यान्सरका बिरामीका लागि ३५ लाख रुपैयाँको अक्षय कोष

९ साउन, काठमाडौं । शैलकुमार उपाध्याय एण्ड करेन बास ट्रस्टले ३५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । अस्पतालका क्यान्सर बिरामीलाई केमियोथेरापी औषधि प्रदान गर्न ट्रस्ट स्थापना भएको हो ।

कोषको सम्पूर्ण रकम, बीर अस्पताल, नेशनलमा सेन्टलाई आर्थिक अवस्था न्यून भएका क्यान्सर बिरामीका उपचारको निम्ति कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ ।

क्यान्सरको उपचार नेपालमा आर्थिक हिसाबले महंगो भएकाले ट्रस्टले बीर अस्पतालमा योगदान स्वरुप आर्थिक अवस्थामा कमजोर क्यान्सर रोगीहरुमा लक्षित गरेर कोष स्थापना गरेको कोष स्थापक बिदुषी राणाले जानकारी दिइन ।

क्यान्सरपिडीत आफ्ना काकाको सम्झनामा बिदुषीले यो कोषको स्थापना गरेकी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment