Comments Add Comment

एनआईसी एशिया बैंकले दुवाकोटमा गर्‍यो वृक्षारोपण

९ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले भक्तपुरस्थित काठमाडौं मेडिकल कलेजको परिसरमा करिब ३ सय विरुवाहरुको वृक्षारोपण गरेको छ ।

आफ्नो सेवाको १९ वर्ष पार गरी २०आैं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बृक्षारोपण गरेको छ ।

एनआईसी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरी सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको छ ।

यसैक्रममा बैंकले हालसम्म करिब ८ हजार विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment