Comments Add Comment

सानिमा बैंकको बचत खातामा महिला ग्राहकलाई विशेष उपहार

९ साउन, काठमाडौं । सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिँदै आएको छ ।

त्यसैअन्तरगत सानिमा बैंकको मुख्य कार्यालय नक्साल तथा देशैभरीका ४५ शाखाहरुबाट महिला ग्राहकहरुलाई विशेष उपहार प्रदान गरियो ।

महिनाभरि यो योजना चल्ने छ । साथै प्रत्येक नारी बचत खाताबापत बैँकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गरिनेछ ।

बैंकले ग्राहकहरुलाई बचत खातामा वाषिर्क ६ देखि ८ प्रतिशत सम्मको मासिक भुक्तानी हुनेगरी उच्चतम ब्याज उपलब्ध गर्दै आएको छ ।

ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । साथै, सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment