Comments Add Comment

सर्वोच्चका न्यायाधीशले ओभरटाइम गर्ने, साक्षीले भिडियोबाटै बकपत्र गर्न पाउने

९ साउन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले अब ओभरटाइम गर्ने भएका छन् । अदालतको सोमबार बसेको पूर्ण बैठकले नियमित समयका अतिरिक्त अन्य समयमा पनि इजलास तोक्न मिल्ने गरी नियमावली पारित गरेको छ ।

सर्वोच्च अदालत नियमावली २०४९ लाई खारेज गर्ने यो नियमावली राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।

सोमबार पारित भएको नियमावली अनुसार अब नियमित समयका अतिरिक्त अन्य समयमा र अदालत बन्द रहने वा सार्वजनिक विदाका दिनमा समेत अदालत खुला रहने गरी वा इजलास लाग्ने गरी प्रधानन्यायाधीशले इजलास तोक्न सक्ने उल्लेख छ ।

साथै अब सर्वोच्च अदालत शुक्रबार अपराहृन ४ बजेसम्म खुल्नेछ ।

सर्वोच्चको पूर्ण बैठकले सर्वोच्च र मातहतका अदालतका लागि विशेष चिन्ह अंकित झण्डा र प्रतिक चिन्ह (लोगो) प्रयोग गर्ने निर्णय गरेको छ ।

साक्षीले भिडियोबाटै बकपत्र गर्न पाउने

नयाँ नियमावली अनुसार अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिनेछ भने इमेलमार्फत म्याद तामेली गर्नर् र भिडियोमार्फत नै साक्षी बकपत्र गराउन पाइने भएको छ ।

सर्वोच्च अदालतको सोमबार बसेको बैठकले सर्वोच्च अदालत नियमावली २०७४ पारित गरेको प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिएका छन् । सर्वोच्च अदालतले नयाँ नियमावली बारे तीन दिनदेखि छलफल गरेर सोमबार पारित गरेको हो । केही वर्षयता धेरै जना प्रधान न्यायाधीशहरुले नयाँ नियमावली ल्याउने प्रयास गरे पनि सफल भएका थिएनन् ।

नयाँ नियमावलीमा साक्षीको अडियो वा भिडियो वयान वा बकपत्रलाई मान्यता दिने व्यवस्था गरिएको छ । त्यसैगरी नयाँ नियमावलीले पेशी सूचीको प्राथमिकतासमेत परिमार्जन गरेको छ ।

फैसलाको संक्षिप्त जानकारी मद्दाका सम्बन्धित पक्षलाई तत्काल उपलब्ध गराउनुपर्ने नियमावलीमा प्रावधान राखिएको छ ।

त्यसैगरी मुख्य रजिष्टारको काम र अधिकारका विषयमा पनि नियमावली बोलेको छ । अदालतले फैसला गरिसकेको विषय लागू नभएको निवेदन आएमा त्यस्तोमा मुख्य रजिष्ट्रारले नै आदेश दिन सक्ने व्यवस्थासमेत नयाँ नियमावलीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment