Comments Add Comment

यातायात विभागको डाटा उच्च जोखिममा

१० साउन, काठमाडौं । यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेइकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) को सफ्टवेयर एक निजी कम्पनीको जिम्मामा राखिँदा गम्भीर समस्या देखिएको छ ।

आ.ब २०६६–६७ मा सफ्टवेयर निर्माण गरी विभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म नवीकरणकै भरमा छाडिएको कारोबार दैनिकले लेखेको छ । यसले गर्दा देशभरका यातायात व्यवस्था कार्यालयहरुमा दैनिकजसो समस्या आउने गरेको छ ।

फोकस वान नामक कम्पनीले एकान्टिङसम्बन्धी सबै जिम्मा लिए पनि उसले आफूले पाएको जिम्मेवारी पूरा नगर्दा यस्तो समस्या आएको कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment