Comments Add Comment

ह्वाइट शार्कसँग हारे माइकल फ्लेप्स

१० साउन, काठमाडौं । अमेरिकी पौडीबाज माइकल फ्लेप्स एक रेसमा ग्रेट ह्वाइट शार्कसँग हारेका छन् ।

विश्वका सबैभन्दा सफल ओलम्पिक पौडीबाज फ्लेपले दक्षिण अफ्रिकाको समुन्द्रमा १०० मिटरको दुरी ३८.१ सेकेण्डमा पुरा गरे, जबकी शार्कले यो दुरी ३६.१ सकेण्डमा पुरा गर्‍यो  ।

यो रेसलाई डिस्कभरी च्यानलमा देखाइएको थियो । तर, यसमा कम्प्युटर प्रविधि प्रयोगलाई लिएर प्रश्न पनि उठेको छ ।

डिस्कभरीले फ्लेप्सको पौडीको फुटेज र कम्प्युटर ग्राफिक्सको मदतमा बनाइएको ह्वाइट शार्कको फुजेट एकअर्कामा मिक्स गरेर यस्तो देखाइएको थियो कि दुबै रेसमा थिए ।

केही मानिसले यो रेसलाई मन पराए तर, केहीले मन पराएनन् । यो रेसमा फ्लेप्सको अधिकतम स्पिड ५–६ मिल प्रतिघण्टा रह्यो जबकि ग्रेट ह्वाइट शार्कको कम्तिमा २५ मिल प्रतिघण्टासम्म रह्यो ।

माइकल फ्लेप्सले ट्वीट गर्दै भनेको छन् कि उनी फेरि प्रतिस्पर्धा गर्न तयार छन् । तर, पानी तातो हुनु पर्ने उनको शर्त छ ।

खतरनाक जनावरसँग प्रतिस्पर्धा गर्ने होड पहिले पनि थियो । २००७ मा अन्तराष्ट्रिय रग्बीका सबैभन्दा तीव्र गतिका खेलाडीमा एक दक्षिण अफ्रिकाका ब्रायन हबानाले एक इन्भेन्टको प्रमोसनका क्रममा चितुवासँग प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment