Comments Add Comment

भारतीय लर्डस् ग्रुपले नेपालमा २ होटल थप्दै


१० साउन, काठमाडौं । काठमाडौंको गौशालामा चार तारे होटल मिराज लर्डस् होटल सञ्चालन गरिरहेको लर्डस् होटल ग्रुपले नेपालमा थप दुईवटा होटल खोल्ने भएको छ ।

भारतमा थप दुई र नेपालमा थप दुई गरी तत्कालै ४ वटा होटल थप्ने तयारी रहेको लर्डस् होटल ग्रुपले जनाएको छ ।

लर्डस् होटल ग्रुपले सन् २०१७ सकिँदा सम्ममा होटल अकुपेन्सीमा ६८ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । गत वर्ष होटल अकुपेन्सीमा ६४ प्रतिशत वृद्धि गर्न सफल भएको यो ग्रुपले आगामी वर्षमा ६८ प्रतिशत अकुपेन्सी गर्ने लक्ष्य लिएको हो ।

अहिले यो ग्रुपको २६ वटा होटल छन् । यो ग्रुपले अहिले गुजरातमा मात्रै १५ वटा होटल सञ्चालन गरिरहेको छ । सन् ०२० सम्ममा यो ग्रुपले ४९ वटा होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य लिएको छ । तिर्थ यात्रीहरुको बिशेष आकर्षण रहने यो होटलमा आफ्ना कर्मचारीलाई विशेष किसिमको तालिम दिने गरिएको छ ।

नेपालको कुन स्थानमा होटल थप्ने गर्ने भन्ने बारेमा भने कम्पनीले केहि जनाएको छैन । पछिल्लो समय बिदेशी बहुराष्ट्रिय कम्पनीहरुले होटल खोल्ने क्रमल तीब्रता पाएको छ ।

पर्यटक आगमनमा सामान्य वृद्धि भएपनि होटल खुल्ने क्रममामा भने उल्लेख्य वृद्धि भएको छ । होटल खुलेअनुसार पर्यटकको भने आगमन भएको छैन ।

सरकारले आवश्यक मात्रामा प्रचार प्रसार गर्न सकेको छैन भने निजी क्षेत्रले पनि विभिन्न आकर्षक योजना सार्वजनिक गर्न सकेको छैन । जसका कारण पर्यटकहरुको उल्लेख्य आगमन हुन सकेको छैन ।

देशभरमा अहिले २ वटा चारतारे होटल सञ्चालनमा छन् भने तीनतारे १२ वटा छन् । हाल १० वटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् भने १० वटा थपिन लागेका छन् ।

२ तारे होटलहरु २२, एकतारे १८ र तारारहित १ सय ६५ वटा होटल सञ्चालनमा छन् । पर्यटकीय स्तरका ६ सय २५ वटा होटल रहेका छन् भने २ सय २६ वटा होमस्टे छन् ।

पछिल्लो समय पर्यटकको होमस्टेमा आकर्षण बढेपछि होटलमा अकुपेन्सी कम हुँदै गएको छ । हानका अनुसार अहिलेसम्म होटल क्षेत्रमा निजी क्षेत्रको २ सय ५० अर्ब बराबरको लगानी रहेको छ ।

दुई वर्षअघिको भूकम्म र नाकाबन्दीका कारण यो क्षेत्रले ठूलो नोक्सानी ब्यहोर्नुर्पयो । अहिले पनि होटलहरुले भूकम्पअघिको अवस्थामा विदेशी ग्राहक पाइरहेका छैनन् ।

त्यस्तै निर्माणाधीन होटलले पनि पुर्वनिर्धारित समयमा होटल सञ्चालनमा ल्याउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment