Comments Add Comment

४ वर्षको बच्चालाई याद छ आफ्नो पुर्वजन्मको कुरा


झ्वाट्ट सुन्दा यो कुनै अन्धविश्वास जस्तो लाग्छ । तर भारतको हरियाणास्थित एक गाउँमा बस्ने बालकको पुनर्जन्म भएको छ ।

हरियाणाको जिन्द इलाकास्थित जलालपुरा कलां गाउँमा ४ वर्ष पहिले ती बालकको जन्म भएको हो । उनको नाम लभिस हो । लभिस जब जब बढ्न थाले र बोल्न थाले तब उनको मुखबाट प्रायः एउटा शव्द निस्कन थाल्यो, रामरा ।

वास्तवमा रामरा एउटा गाउँ हो जु जलालपुराबाट केही टाढा पर्दछ । साथै ती बालकले आफ्नी आमाको नाम कमला भन्न थाले । जबकी उनकी वास्तविक आमाको नाम कमला थिएन ।

बालकले त्यस्तो अनौठो कुरा भन्न थालेपछि उनका परिवार लभिसलाई सात किलोमिटर टाढाको रामरा गाउँ तर्फ लागे । अचम्मको कुरा त के भने कहिल्यै रामरा गाउँ नगएको लभिसले उक्त गाउँमा जाने बाटो बताउँदै गए ।

रामरा पुगेपछि उनले आफ्नो पुर्वजन्मको घर भनी एउटा घरमा पूराए । त्यस घरमा उनी सन्दीप नामका बालक थिए अरे । उनले आफ्नो उक्त घरका आमाबुवा तथा अन्य सदस्यको नाम पनि भने । साथै उनले सबै मानिसलाई खेतको उक्त ठाउँमा लगे जहाँ ११ वर्ष पहिले करेन्ट लागेर सन्दीपको मृत्यु भएको थियो ।

वास्तवमा १४ वर्षका सन्दीपको सोही ठाउँमा ११ वर्षअघि करेन्ट लागेर मृत्यु भएको छ । लभिसले आफुले तिनै सन्दीप नामक बालकको पुनर्जन्म भएको दाबी गरेका छन् ।

यद्यपि विज्ञानले पुनर्जन्मलाई मान्दैन । तर सन्दीप र लभिसका परिवारलाई यो पुनर्जन्म नै हो भन्नेमा पूर्ण विश्वास छ । आफ्नो छोराको पुनर्जन्म पाएकोमा सन्दीपका परिवार खुसी छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment