Comments Add Comment

फ्यानबाट बच्न टाइगर पाँच बडिगाड लिएर हिँड्न थाले टाइगर

बलिउड अभिनेता टाइगर श्राफका फ्यानहरु भारतमा निकै छन् । जहाँ जाँदा पनि उनलाई फ्यानहरुले झ्याप्पै छोपिहाल्छन् ।

टाइगर आफ्नो फिल्म मुन्ना माइकको प्रमोसनका लागि साना शहरुहरुमा जाँदा धेरै ठाउँमा फ्यानहरुले सताए । अघिल्लो शुक्रबार टाइगर अहमदाबाद पुगेका थिए । उनीसँग एक मात्र बडिगार्ड थिए । उनी एउटा मलमा गएका थिए जहाँ फ्यानहरुले उनलाई घेरिहाले । आफ्नो सुरक्षाका लागि टाइगर त्यहाँबाट भाग्नुपर्‍यो । भागेर आफ्नो कारतर्फ जाँदा टाइगरलाई चोट पनि लाग्यो ।

टाइगरकी आमा आयशा श्राफलाई आफ्नो छोराको सुरक्षामा चिन्तित बनेकी छिन् । त्यसैले अहिले उनले नियम लगाइदिएकी छिन् कि टाइगर जहाँ जाँदा पनि पाँच जना बडिगार्ड साथमा लिएर हिँड्नेछन् । यी बडिगार्डहरुको काम हुनेछ फ्यानहरुलाई टाइगरबाट टाढा लखेट्नु ।

यसले सायद टाइगरका फ्यानहरुलाई पक्कै पनि दुखी बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment