Comments Add Comment

एक पैसा जोगाएको छैन, म मरेपछि छोराछोरीले केही पाउँदैनन्ः शाहरुख

एउटै फिल्मबाट सयौं करोडको कमाई गर्ने शाहरुख खानले अहिलेसम्म एक पैसा बचत नगरेको दावी गरेका छन् । साथै उनले आफू मरेपछि छोराछोरीका लागि शिक्षा र एउटा घरबाहेक केही पनि नछोड्ने बताए ।

हालै एउटा न्यूज च्यानललाई दिएको अन्तरवार्तामा शाहरुखले भने, ‘हामी मिडल क्लासका मानिस हौं । हामी पैसाका भोका छैनौं । म र गौरी यस कुरामा विश्व्ास राख्छौं कि यदि पैसा छ भने त्यसलाई राम्रो जिन्दगी बाँच्नमा प्रयोग गर्नुपर्छ, जोगाएर राख्ने होइन ।’

आफूले जीवनमा कहिल्यै पैसा नजोगाएको शाहरुखले दावी गरे ।

‘जेजति कमाएँ, त्यसलाई फिल्ममेकिङमा र अन्य जरुरी काममा खर्च गरेँ,’ उनले भने ।

उनले अगाडि भने, ‘मुम्बई आउनुभन्दा अगाडि मेरो घर थिएन । त्यसैले म आफ्ना बच्चाहरुका लागि घर छोड्न चाहन्छु । यसका अलावा उनीहरुलाई आधारभूत शिक्षा पनि दिन चाहन्छु ।’

आफ्ना छोराछोरीले सादा जीवन बाँच्ने गरेको शाहरुखको दावी छ । शाहरुखका दुई छोरा र एक छोरी छन् । उनका कान्छा छोरा अबरामको जन्म सरोगेसीबाट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment