Comments Add Comment

लागुऔषधसहित ३ जना पक्राउ

१० साउन, काठमाडौं ।  प्रहरीले नागढुंगाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६१० नं. को यात्रुबाहक बसमा लागुऔषध ल्याएर आउँदै गरेका सप्तरीको विष्णुपुर २ सिम्रहाका २२ वर्षे आनन्द यादव पक्राउ गरेका हुन् ।

यादवले झोलामा लुकाएर ३०० ट्याब्लेट नाइट्राजेयाम लिएर काठमाडौं आउँदै गर्दा चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

यादवको सहयोगबाट अन्य २ जनालाई गर्जुधाराबाट पक्राउ गरिएको प्रहरी निरीक्षक घर्तीमगरले जानकारी दिए ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-४ का १९ वर्षे राजन तामाङ र वीरमान तामाङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment