Comments Add Comment

मनिषादेखि श्रीदेवीसम्मः कमब्याकमा को कति सफल ?

बलिउडका पुराना हिरोइनहरुले अहिले धमाधम कमब्याक गर्दैछन् । तर, उनीहरुमध्ये कमैलाई मात्र दोस्रो इनिङमा सफलता मिलेको छ ।

यो वर्ष ९० को दशकका दुई हिरोइनहरुले कमब्याक गरे । उनीहरु हुन् मनिषा कोइराला र रवीना टन्डन । मनिषा फिल्म ‘डियर माया’ मार्फत दर्शकमाझ फर्किइन् भने रवीनाले ‘मातृ’ र ‘शव’ मार्फत कमब्याक गरिन् । यी दुवै फिल्मले दर्शक रिझाउन भने सकेनन् ।

श्रीदेवी

यही वर्ष कमब्याक गर्नेमा एक जमानाकी नम्बर १ अभिनेत्री श्रीदेवी पनि पर्छिन् । उनले ९० को दशकमा नै आफ्नो करिअरमा ब्रेक लगाएकी थिइन् । ब्रेकपछि उनले दुईपटक कमब्याक गरिन् । १९९७ मा उनी जुदाई मार्फत दर्शकमाझ फर्केकी थिइन् । उक्त फिल्म सुपरहिट भएको थियो । त्यसपछि पुन ओझेल परेकी श्रीदेवी यसै महिना फेरि ‘मम’ मार्फत दर्शकमाझ झुल्किइन् । यो उनको ३ सयौं फिल्म हो । ममलाई दर्शक र समिक्षक दुवैले मन पराएका छन् ।

माधुरी दिक्षित

१९९७ को ‘दि तो पागल है’ पछि माधुरी दिक्षितका फिल्महरुले बक्स अफिसमा कुनै चमत्कार गर्न सकेनन् । त्यसपछि १९९९ मा उनले बिहे गरिन् । बिहेपछि उनी ठूलो पर्दामा आइन् २००२ मा फिल्म देवदासमार्फत । देवदासले बक्स अफिसमा तहल्का पिट्यो । त्यसपछि फेरि उनी लामो अन्तरालसम्म हराइन् । २००७ मा ‘आजा नच ले’ मार्फत उनी पुन दर्शकमाझ आइन् । तर, दर्शकले उनको फिल्मलाई वास्तै गरेनन् । सन् २०१४ मा पनि उनका दुई फिल्म ‘डेढ इश्किया’ र ‘गुलाब ग्याङ’ आए । तर तिनीहरुले पनि दर्शकको माया पाएनन् ।

काजोल

काजोलले १९९९ मा अजय देवगणसँग बिहे गरिन् । बिहेपछि उनी देखिइन्, ‘कभी खुशी कभी गम’, ‘माई नेम इज खान’ र ‘फना’ मा । यी सबै फिल्म बक्स अफिसमा सफल रहे । तर एउटा फिल्म भने नराम्रोसँग फ्लप भयो, जुन फिल्ममा उनले शाहरुख खानको अपोजिटमा खेलेकी थिइन् । यो फिल्म थियो दिलवाले ।

ऐश्वर्या राय

विहे गरेपछि फिल्म खेल्न कम गरेकी ऐश्वर्या रायले २०१० मा एक्शन रिप्ले र गुजारिसमा अभिनय गरिन् । यी फिल्महरुले मिश्रति प्रतिक्रिया पाए । यद्यपि विहेपछि ऐश्वर्याको क्रेज पहिलेजस्तो रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment