Comments Add Comment

रुकुममा अवैध औषधि पसल सञ्चालन

१० साउन, रुकुम । रुकुममा गाउँगाउँमा अनाधिकृत रुपमा अधिकांश औषधि पसलहरु सञ्चालन गरेको पाइएको छ ।

त्यस्ता औषधि पसलबाट मिति सकिएका औषधिहरु विक्रि वितरण हुँदै आएका छन् । कुनै औषधि पसलहरुले त एउटा रोगको लागि भनेर अर्कै औषधि दिने गरेको पनि पाइएको छ ।

‘बिरामी भएपछि औषधी गर्न मेडिकल जान्छौं केही थाहा हुँदैन,’ रुकुम चौरजहारीका स्थानीय जगवीर केसीले भने,’कतिपय ठाउँमा समय सिद्धिएका तथा एउटा रोगको भनी अर्कैको औषधि दिन्छन्, हामीले विश्वासले खानु नै पर्छ ।’
कार्वाही गर्नेले चासो नदिएपछि आफूहरुले केही गर्न नसकेको उनले बताए ।

औसतमा जिल्लाका अन्य क्षेत्र भन्दा विकसित मानिएको चौरजहारी नगरपालिकामा समेत अधिकांश मेडिकल अवैध रुपमा सञ्चालन भए पनि सम्बन्धित निकायहरु मौन रहेको स्थानीयको गुनासो स्थानीयको छ ।

नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिएका ८० प्रतिशत बढी मेडिकल अवैध सञ्चालन भइरहेको पाइएको छ । यी औषधि पसल तथा मेडिकलहरु दर्ता विनै सञ्चालन भएको पाइएको छ ।

नगरपालिका भित्र चौरजहारी बजार, मेलैनाउली, नार्जी, चन्ऽबजार, चौफा, नुवाकोट गरि २० भन्दा बढी मेडिकल सञ्चालनमा रहेका छन् । ती औषधि पसलको हालसम्म कतैबाट पनि अनुगमन भएको छैन ।

औषधि जस्तो संबेदनशील बिषयमा मनपरी चलिरहेको र सम्बन्धित निकाय भने मुखदर्शक बनिरहेको सेवाग्राहीको भनाइ छ ।

नगर प्रमुख विशाल शर्माले भने यस्ता गुनासाहरु आफूले सुनेको बताए । ‘अब छिट्टै कानुनको दायरामा आउन अनुरोध गर्ने तयारी भइरहेको छ’, उनले भने, ‘१ महिनाभित्र नगरपालिकामा दर्ता गर्न सूचना निकाल्ने र त्यही अनुसार अनुगमन गरि वैध-अवैध छुट्याएर आवश्यक कदम चालिने छ ।’

जिल्ला भित्रका धेरै जसो औषधि पसलहरु सिएमए पढेकाहरुले सञ्चालन गर्दै आएका छन् । उनीहरुले आफै विरामीको जाँच गर्दे र आफै औषधि वेच्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment