Comments Add Comment

कांग्रेसले मन्त्रीहरुको नाम टुंग्यायो, को-को बन्ने भए मन्त्री ?

 

१० साउन, काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्रीहरु बन्नेहरुको नाम लगभग टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।

एक नेताले भने, ‘५ बजे सपथ गराउने तयारी छ । चार बजे खबर आउँछ ।’ आज नभए भोलि विहानै ९ बजे सपथ गराउने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

को-को हुने भए मन्त्री ?

सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ । कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् ।

बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक-एक मन्त्री बन्नेछन् ।

कांग्रेस निकट श्रोतका अनुसार देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसीको पक्का भएको छ । यस्तै सरिता प्रसाईको नाम लगभग पक्का भएको छ । तर, कमला पन्तको पनि सम्भावना छ ।

यस्तै सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको छ ।

यो सरकार विस्तारमा माओवादीका मन्त्रीहरु पनि समेटिनेछन् । माओवादीले मन्त्रीहरुको नाम टुंगो लगाइसकेका भनेको छ तर, अहिलेसम्म सार्वजनिक गरेको छैन ।

९ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र शहरीविकास मन्त्री प्रभु साह भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment