Comments Add Comment

न औषधी, न अप्रेशन, यसरी पनि हुन्छ रोगको निदान


जब टाउको दुख्छ, ज्वरो आउँछ, चोटपटक लाग्छ, बेचैन हुन्छ, चक्कर लाग्छ, झाडापखलाले समात्छ, हामी हत्तपत्त एलोपेथिक औषधी चपाइहाल्छौ । यसले तत्कालै काम पनि गर्छ । हामी आरम महसुष गर्छौ । तर, यस्ता औषधीले शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

अहिले उपचारका अनेक विधी छन् । एलोपेथिकको विकल्पमा आर्युवेदिक उपचार पद्धती अपनाउने गरिन्छ । प्राकृतिक विधीबाट उपचार खोज्नु पक्कैपनि हानिरहित हुनसक्छ । यससँगै यस्तो उपचार विधी पनि प्रचलनमा छ, जसमा औषधी होइन सुगन्धद्वारा उपचार गरिन्छ । यो हो, अरोमा थेरापी । यसलाई सुगन्ध चिकित्सा पनि भनिन्छ ।

कसरी सुरु भयो ?

पुरातन इजिप्ट, ग्रीक तथा रोमन कालमा विभिन्न बोट बिरुवाट निस्कने सुगन्धित तेलबाट रोगको उपचार गरिन्थ्यो । यस्तो तेल, जसमा अत्याधिक विशिष्ठ सुगन्ध हुन्छ । साथै यसमा अनगिन्ती अन्य महत्वपूर्ण विशेषता हुन्छ । तेल प्रतिरोधात्मक, विषाणु विरोधी तथा रोगाणुरोधक हुन्छ । यो हजारौ बर्षअघि इजिप्टमा प्रचलनमा थियो ।

के हो अरोमा थेरापी ?

– यो रोगी तथा स्वस्थ्य दुबै अवस्थामा लिन सकिने उपचार विधी हो । यसले बिना झन्झट, बिना पीडा रोग निर्मूल गर्नका साथै स्वस्थ्य र तन्नुरुस्त पनि राख्न मद्दत गर्छ ।

– यसमा विशिष्ठ प्रकारका वनस्पतीको सुगन्धको प्रयोग गरिन्छ । सुगन्धको माध्यामबाट रोगको उपचार हुने हो ।

– यो एकदमै प्राकृतिक र प्रभावकारी विधी हो ।

– अनिन्द्र, बेचैनी, तनाव, सुन्निएको घटाउन, रुघाखोकी, वाथ रोग आदि रोगमा अरोमा थेरापी अपनाउन सकिन्छ ।

के छ यसको फाइदा ?

– यसमा औषधीको प्रयोग नहुने भएकाले त्यस्तो कुनै साइट इफेक्ट हुँदैन ।

– कतिपय अवस्थामा औषधीबाट हुन नसक्ने उपचार पनि यसबाट संभव हुन्छ ।

– सुगन्ध, मसाज विधीबाट उपचार गरिने भएकाले यो पीडादायी हुँदैन ।

सुगन्धबाट उपचार

अरोमा भनेको सुगन्ध र थेरापी भनेको उपचरा पद्धति हो । विभिन्न रुख, विरुवा, फुल लगायतबाट निस्केको तत्वको प्रयोगद्धारा विभिन्न रोग हटाउने यसकेा प्रयोग उपयोगी हुन्छ ।

विशेषगरी यस उपचारमा यसको प्रयोग मसाज तथा सुँघेर  गरिन्छ । यसमा औषधीजन्य विरुवा तथा पात, हाँगा, जरा, फल तथा फुलको प्रयोग गरिन्छ । यस पद्धतिमा कयौ प्रकारका तेल, पानीको वाफ, बास्नाको प्रयोग गरिन्छ ।

कस्ता अवस्थामा उपचार ?

मुख तथा घाँटीको क्यान्सरबाट पिडित मानिसलाई जब दाँतको समस्या देखिन्छ, त्यतिबेला सबैभन्दा ठूलो समस्या उत्पन्न हुन्छ । त्यस्तो अवस्थामा दाँतको उपचार निकै कष्टकर हुन सक्छ । बरु दाँत दुखेमा ल्वाङ्गको तेल निकै उपयुक्त मानिन्छ । एन्टिअक्सिडेन्ट तथा एन्टिसेप्टीक क्रिम को रुपमा प्रयोग गरिदै आएको यस तेलले सुन्निएको कम गर्न तथा दखाई कम गर्न समेत मद्दत गर्दछ ।

उमेरका कारण भएको समस्याको निदान

५० को उमेर पुग्दा नपुग्दै मानिसहरुलाई घुँडा दुख्ने समस्या हुने गर्छ । यस्ता व्यक्तिहरुका लागि औषधी भन्दा आयुवेर्दिक उपचार बढी लाभदायक छ । विभिन्न तेलको मसाज तथा विभिन्न व्यायामद्वारा यस्ता समस्या दीर्घकालीन रुपमै निको पार्न सकिन्छ ।

मुड बन्छ राम्रो

चिकित्सकहरुका अनुसार कुनै पनि औषधीको केही न केही साइड इफेक्ट्स अवश्य हुने गर्छ । सामान्यतया धेरै समय औषधी सेवन गर्नाले त्यसले दीर्घकालीन असर निम्त्याउने गर्छ । यसले समस्या भएको ठाउँमा मात्र नभई अन्य ठाउँहरुमा समेत असर पुर्‍याउने गर्छ । जबकी यसकेा ठीक विपरीत अरोमा थेरापीले समस्या भएका ठाउमा प्रभावकारी ढङ्गले काम गर्ने गर्छ । त्यसैले पनि पछिल्लो समय मानिसहरु अरोमा थेरापीमा बढी आकषिर्त हुने गरेका छन् ।

रुघाखोकी देखि टाउको दुखेको , जीउ दुखेको, वाथ रोग लगायतका गम्भीर समस्यामा समेत प्रयोग हुने अरोमा थेरापीको कुनै साइड इफेक्ट हुँदैन ।

विभिन्न तेल तथा वास्नायुक्त पदार्थको प्रयोगले रोग निदानका साथै तपाईको मुडलाई समेत राम्रो बनाउन मद्दत गर्छ । निद्रा तथा तनावजस्ता समस्या हटाउन समेत यो उपयोगी मानिन्छ ।

हरेक दिन भइरहेछ प्रयोग

हाल प्रचलनमा त्यति धेरै नआएको अरोमा थेरापी पछिल्लो समय चिकित्सकहरुको पहिलो रोजाईका साथै औषधीबाट दिक्क भएका विरामीहरुको समेत रोजाईमा पर्न थालेको छ ।  यस्ता थेरापी हामी आफनो दैनिकीमा समेत प्रयोग गरिरहेका छौ, जसबारे हामीलाई खासै जानकारी छैन । गुलाफ जल पुुदिना, वेसार लगायतका वस्तु वास्ना तथा औषधीय गुणका कारण विभिन्न उत्पादनमा प्रयोग हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment