Comments Add Comment

कतै बच्चाले आँखाको दृष्टि गुमाउँदै छैन ? यसरी थाहा पाउनुहोस्


तपाईले अनुभव गर्नुभएकै हो, बच्चाहरु धेरेजसो टेलिभिजन, ल्यापटप, मोबाइल, ट्याबलेटमा गेम खेल्न वा भिडियो हेर्नमा तल्लिन हुन्छन् । यही कारण अहिले अधिकांश बच्चाको दृष्टि कमजोर हुने अधिक संभावना छ । अर्को समस्या के छ भने, बच्चाहरु सागपात खाँदैनन् । अहिले धुलो-धूँवाले पनि बच्चाको आँखामा असर पुर्‍याइरहेको छ । यावत् कारणले तपाई/हाम्रो बच्चाको दृष्टि क्रमस कमजोर हुँदै गएको छ । यद्यपी त्यसको कुनै जटिल लक्षण नदेखेसम्म हामीले यसतर्फ खास ध्यान दिएका छैनौ ।

त्यसै पनि बच्चाको आँखाका संवेदनसिल हुन्छ । अहिले त्यसमाथि टिभी, मोवाइल थपिएको छ । धुवाँ-धुलो थपिएको छ । यस्तो अवस्थामा बच्चाको दृष्टि कमजोर हुने भय उच्च हुन्छ । तर, कसरी थाहा पाउने ?

१. पटक-पटक बालबालिकाहरुले आँखा मिचिरहेका छन् ? त्यसो भए उनीहरुको आँखा कमजोर भएको हुनसक्छ ।

२. पढाईकेा समयमा होस् वा टिभी हेर्दा, यदि बच्चालाई टाउको दुुख्ने समस्या भइरहन्छ भने त्यो पनि आँखा कमजोर हुनुको लक्षण हुनसक्छ ।

३. सामान्यतयाः कसैले पनि टिभी हेर्दा एउटा आँखा चिम्लिदैन । तर यदि कुनै बच्चाले टिभी हेर्दा बारम्बार एउटा आँखा चिम्लने वा छोप्ने गर्छ भने, त्यो आँखा कमजोर भएको संकेत हुनसक्छ ।

४. यदि बच्चालाई धेरै चहकिलो वा उज्यालोमा आँखा खोल्न समस्या हुन्छ वा उसले धमिलो देख्छ भने त्यो पनि उआँखा कमजोर भएको लक्षण हुनसक्छ ।

५. ख्यालख्यालैमा बच्चा बेलाबेलामा आँखा सानो बनाउने वा धमिलो देखियो भन्ने गर्छन् । तर यहाँ याद गर्नु पर्ने कुरा के हो भने बच्चाले ख्यालख्यालैमा त्यसो भनेको हो वा साँच्चै उसले धमिलो देख्छ ?

यदी उसले साच्चै धमिलो देख्छ भने उसलाई तुरुन्तै चिकित्सकका लैजानु उपर्युक्त हुन्छ, किनकी यो आँखा कमजोर हुनुको लक्षण हुनसक्छ ।

६. यदि बच्चाले टिभी हेर्दाहेदै आँखा बन्द गरेर टाउको हल्लाउन थाल्छ भने पनि त्यो कमजोर आँखाको लक्षण हुनसक्छ ।


७. त्यस्तै, बच्चासँगको कुराकानीका क्रममा उसको आँखाको नानीलाई हेरेर पनि उसको आँखाको अवस्था थाहा पाउन सकिन्छ ।

८. कहिले कहिं निन्द्रा पूरा नहुदाँ वा अन्य कारणले पनि आँखा रातो हुने गर्छ । यदि बच्चामा आँखा रातो हुने समस्या देखिरहन्छ भने त्यो पनि कमजोर आँखाको लक्षण हुनसक्छ ।

९. यदि बच्चाले कुनै कुरा टाढाबाट देख्दैन, हेर्नका लागि नजिक नै आउनुपर्छ भने त्यो पनि आँखाको समस्या हुनसक्छ ।

१०. आँखा पोल्नु, दुख्नु वा आँखाबाट निरन्तर पानी बग्नु पनि आँखा कमजोर भएको लक्षण हो । यदी कुनै बच्चामा यस्ता लक्षण देखा परेमा तुरुन्तै चिकित्सकका जानु पर्छ । अन्यथा तपाईको बच्चाको आँखामा असर पुग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment