Comments Add Comment

भूकम्पपीडित कृषकलाई ५३ लाख अनुदान

१० साउन, पोखरा । जिल्ला पशु सेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३/७४ मा भूकम्पपीडित पशुपालक कृषकलाई रु ५३ लाख अनुदान वितरण गरेको छ ।

भूकम्प पुनःनिर्माण प्राधिकरणबाट प्राप्त अनुदान पाउनेमा जिल्लाका २६८ जना कृषक भएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

बाख्राको खोर, गाईभैँसीको गोठ, कुखुराको खोर, उच्च प्रजनन बाख्रा, बोका थुमा वितरण, बंगुरको पाठापाठी, कुखुराको चल्लालगायतमा उक्त अनुदान दिइएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment