Comments Add Comment

एनबी इन्स्योरेन्सले फेरी हकप्रद र बोनस दिएर पुँजी पुर्याउने


१० साउन, काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीले फेरी पनि हकप्रद दिने र बोनस दिएर बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउने भएको छ ।

कम्पनीले हाल १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गरिरहेको छ । योसँगै कम्पनीको पुँजी ५४ करोड पुग्ने भएको छ । बीमा समितिले हालै तोकेको चुक्ता पुँजीको नयाँ मापदण्ड अनुसार थप पुँजी जुटाउन कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।

यससँगै कम्पनीको पूँजी ९७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले ५ प्रतिशत बोनस सेयर दिएर आवश्यक बाँकी ४ करोड ८६ लाख रुपैयाँ पुर्याउने छ । कम्पनीले नेप्से मार्फत चुक्ता पुँजी वृद्धिको योजना सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment