Comments Add Comment

मामाको हत्या अभियोगमा ६ वर्षपछि भान्जा पक्राउ

१० साउन, चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका-३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले ६ वर्षपछि मंगलबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०६८ साल फागुन ८ गते कालीञ्चोक मन्दिर दर्शन गर्न मामा भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नर्फकेपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएकोे छ ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले छ वर्षपछि भान्जालाई मामाको हत्यामा संलग्न भएकाले पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए ।

विनोदको शव ६ वर्ष अगाडि हत्या गरेको अवस्थामा प्रहरीले कालीञ्चोक गाविस-९ स्थित गणेश थुम्की नजिकै कुरी जाने भन्ज्याङ गौडा नजिकै फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment