Comments Add Comment

यस्तो बन्यो ‘धुम २’को ट्रेलर


कलाकार जयकिशन बस्नेतको लेखन, नृत्य, निर्माण र निर्देशनमा बनेको चलचित्र ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा मनोरञ्जनको शत प्रतिशत ग्यारेन्टी भन्ने नारा दिदै चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

कार्यक्रममा जयकिशनले भने-‘हामीले चलचित्रको नारा नै मनोरञ्जनको शत प्रतिशत ग्यारेन्टी राखेका छौं । त्यसकारण पनि चलचित्र दर्शकका लागि रुचीकर हुनेछ, । नारी प्रधान कथामा तयार भएकाले पनि दर्शकले मन पराउने उनको विश्वास थियो ।

यो चलचित्रबाट अभिनयमा डेब्यु गरेकी नव-कलाकार सिर्जना भट्टराईले आफूले छुच्ची चरित्रमा अभिनय गरेको बताइन् । ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतका कलाकारको अभिनय छ । तीज पर्वलाई लक्षित गर्दै यो चलचित्र भदौ ८ गतेबाट रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment