Comments Add Comment

नेपाल लाइफको गौरादहमा उपशाखा

१० साउन, काठमडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झापा जिल्लाको गौरादहमा स्थापना गरेको उपशाखा कार्यालयको शुभारम्भ गरेको छ । कार्यालयको बीमा समितिका नि. कार्यकारी निर्देशक श्रीमान कार्कीले उदघाटन गरेका हुन् ।

कार्कीले उप शाखा कार्यालयको स्थापनाबाट स्थानिय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारको बिकासमा सघाऊ पुग्ने बताए । उनले नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन आग्रह गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जीवन बीमाको पहुँच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिदै आएको बताए । उनले चालु आव भित्र मुलुकको ७५वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको जानकारी दिए ।

उनले कम्पनीले दावी भूक्तानी कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिई सरलिकृत रुपमा दावी भूक्तानी प्रदान गर्दै आईरहेको र आगामी दिनमा यस कार्यलाई थप चुस्त बनाइने पनि बताए ।

कार्यक्रममा गौरादहका नगरपालिका प्रमुख रोहित कुमार साहले बीमाको महत्वका बारे चर्चा गर्दैै गौरादह नगर क्षेत्र भित्रै पनि बिमा जागरणमा कमी महशुस गरेकोले बीमा क्षेत्रको बिकासको लागि नगर प्रमुखको रुपमा आफूले हरसम्भव प्रयास गर्ने बताए ।

कम्पनीले गत आ.व.२०७३/०७४ मा कुल बिमा शुल्क आम्दानी करिब रु. १२ अर्ब, जीवन बीमा कोष करिब रु.४० अर्ब तथा कुल लगानी करिब रु. ४७ अर्ब भन्दा बढि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment