Comments Add Comment

ट्राफिक प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल, लामालाई निर्देशनालय पठाइयो

१० साउन, काठमाडौं । महानगरीय ट्राफिक महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल आएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी मिङमार लामालाई हटाएर खनाललाई पठाएका हुन् । लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।

अपराध महाशाखाबाट सरुवा भएपछि एसएसपी खनाल आईजीपीको कार्यालयमा थिए । हालै भएको एसएसपी बढुवा सिफारिस खनाल पहिलो नम्बरमा थिए । खनालले आफू आजैदेखि कार्यालयमा हाजिर भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment