Comments Add Comment

सेतीमा हामफालेर बेपत्ता

१० साउन, पोखरा । झापा घर भई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ रानीपौवामा भाडामा बस्दै आएका ४५ वर्षीय प्रकाश सापकोटा सेतीमा हामफालेर बेपत्ता भएका छन् ।

मंगलबार साँझ ६:४० बजेतिर सेतीमा नुहाउने भन्दै ८ वर्षीया छोरीलाई लिएर सेती किनार रामघाट पुगेका सापकोटा साँझ ७:१० बजे एक्कासी सेतीको डिलबाट हामफालेको छोरीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

बुबा सेतीमा हामफालेपछि छोरी मनिकाले रुँदै हारगुहार गरेको र स्थानियले प्रहरीलाई खबर गरिदिएका थिए । लगत्तै वडा प्रहरी कार्यालय रामबजारका सई चेतनाथ पौडेलको नेतृत्वमा एक टोली खोजीमा लागेपनि राती अबेरसम्म पत्ता लगाउन नसकेपछि फर्केको छ ।

बुधबार विहानबाट पुनः खोजी जारी राख्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले बताए ।

उनका अनुसार सापकोटा हामफालेको स्थल सेतीको डिलबाट प्रहरीले कालो टावेल र फित्तावाला कालो चप्पल फेला पारेको छ ।

श्रीमतीसँग राम्रो सम्बन्ध नभएकाले सापकोटाले आत्महत्याका लागि सेतीमा हामफालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

मादक पदार्थ सेवन गरेर दिनहुँ घर झगडा हुनेगरेकाले उनको सम्बन्ध श्रीमतीसँग सुमधुर हुननसक्दा सापकोटा तनावमा रहेको प्रहरी श्रोत बताउँछ । सापकोटाको श्रीमती र दुई छोरी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment