Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः मन्त्रिपरिषद् विस्तार आज, मन्त्री बन्नेमा अधिकांश अनुहार नयाँ

११ साउन, काठमाडौं । नेपाली कांग्रेसले गुट–उपगुटको व्यवस्थापन गर्न नसक्दा मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार बुधबार हुन लागेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाका अनुसार, विस्तार हुन लागेको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार छन् ।

आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काबाट भएको घोटाला, ग्रामीण सडकका अवस्थालगायत विषय आजका पत्रपत्रिकाहरुको प्राथमिकतामा परेको छ । केही पत्रिकाले पुनःनिर्माणको आधा बढी रकम खर्च हुन नसकेर फ्रिज भएको उल्लेख गरेका छन् ।

गोरखापत्र दैनिकले व्यवस्थापिका संसद्मा ५३ विधेयक अल्झिएको लेखेको छ । दोस्रो चरण निर्वाचनमा ४१ प्रतिशत महिला विजयी बनेको अर्को खबर पनि गोरखापत्रमै छ ।

अन्नपूर्ण पोस्ट दैनिकले आज हुन लागेको मन्त्रिपरिषद् विस्तारमा अधिकांश नयाँ अनुहार आउन लागेको जनाएको छ भने राजधानी दैनिकले पुनर्निर्माणको आधा बढी रकम फ्रिज भएको लेखेको छ ।

नागरिक दैनिकले आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काबाट थप २० करोड रुपैयाँ बराबर घोटाला भएको छापेको छ । ग्रामीण सडकको दूरावस्थालाई आज कान्तिपुरले मुख्य खबर बनाएर छापेको छ ।

‘मन्त्रीको दौडमा को अघि, को पछि ? शीर्षक दिएर नयाँ पत्रिका दैनिकले मुख्य खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment