Comments Add Comment

आर्थिक समाचार: मोबाइलमा दैनिक १८ करोड खर्च

११ साउन, काठमाडौं । झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनी रहेको मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैयाँ मोबाइलमा खर्च हुने गरेको तथ्याङ्क बाहिर आएको छ ।

मुलुकका दुई ठूला मोबाईल सेवा प्रदायक कम्पनीमध्ये नेपाल टेलिकमका मोबाइल ग्राहकले एकदिनमा नौ करोड रुपैया खर्च गर्ने गरेको देखिएको छ । नागरिक दैनिकले मोबाइलमा दैनिक १८ करोडको खर्चलाई मुख्य समाचार बनाएको छ । हवाई कम्पनिले नटेर्दा एक वर्षदेखि साउदी अस्पतालमालाई पनि नागरिकले लेखेको छ ।

कृषिप्रधान मुलुक खाद्यान्नमा परनिर्भरलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । जीएसटीले चोरी–पैठारी नियन्त्रणमा चुनौतीलाई पनि अन्नपूर्णले लेखेको छ ।

निजगढ विमानस्थलको इआईए मस्यौदा तयार सन्दर्भमा कारोबार दैनिकले २४ लाख रुख काट्नुपर्नेलाई मुख्य समाचार बनाएको छ । विद्युत महसुल २० प्रतिशत बढाउन प्रस्तावलाई पनि कारोबारले लेखेको छ । एक वर्षभित्र सातै प्रदेशबाट भिषालाई पनि कारोबारले लेखेको छ ।

कोरियाली भाषा परिक्षा सन्दर्भमा १२ हजार १०८ जनाले पास गरे कोरियन भाषा परीक्षालाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । सबै गाउँपालिकामा एक वर्षभित्र निःशुल्क इन्टरनेटलाई पनि नयाँ पत्रिकाले लेखेको छ । बागमती संरक्षणका लागि नयाँ ऐन सन्दर्भमा २५ लाख बिरुवा रोप्ने योजनालाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment