Comments Add Comment

६८ औं हलो क्रान्ति दिवस आज

विविध कार्यक्रम गरेर अभियन्ताहरुलाई सम्झिँदै


११ साउन, लमजुङ । लमजुङको दुराडाँडामा आज ६८ औं हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीमा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रुपमा मनाउन थालिएको हो ।

२००६ साल साउन ११ गते पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए ।

हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हालेको थियो । उनीहरुलाई हतोत्साहित पार्न त्यतिखेर ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित, हलो जोति बिग्रे’ भन्ने गीत नै बनाएका थिए ।

त्यसबेला हलो जोत्नेलाई भात बारिएको थियो । माइत आएका छोरी घर जान पाएनन् भने घर गएका बुहारी माइत आउन समेत रोक लागेको थियो । उमेर पुगेका युवायुवतीको बिहे नै रोकिएको थियो ।

तर, तीन वर्षपछि विभेद रोकियो । हलोक्रान्तिको धेरैले प्रशंसा गर्न थाले र दिवसकै रुपमा मनाउन थालिएको प्रतिष्ठानका सचिव दीपक पौडेलले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment