Comments Add Comment

बाल्टिमोरको गाईजात्रा उत्सव: सन्दिपले हँसाए, यशोदाले नचाइन्


अमेरिकाको बाल्टिमोरमा गाईजात्रा उत्सव सम्पन्न भएको छ । गाईजात्रा फेस्टिवल २०१७ नाम दिइएको उक्त कार्यक्रम जुलाई २३ तारिखका दिन आयोजना गरिएको थियो ।

कार्यक्रममा चर्चित कलाकार तथा गायक रतन सुवेदी, आधुनिक गायक प्रमोद खरेल तथा प्रसिद्ध हास्यव्यंग्य कलाकार सन्दिप क्षेत्रीले विशेष प्रस्तुति दिएका थिए ।

नृत्यांगना यशोदा खालिङ्ग राई, कृति ज्ञवालीलगायतको नृत्यले कार्यक्रमको आकर्षणलाई थप बढाएको थियो । अतिथि कलाकार कवि हेमन्त श्रेष्ठको गाइजात्रे व्यंग्य कविता ,कलाकार खेम शर्माको माइकल ज्याक्सनको नृत्य तथा अमेरिकाबाट आफ्नो कार्यक्रम नुन चिनी पानी कार्यक्रमका प्रस्तोता अर्जुन दाहालले गरेको व्यग्यात्मक प्रस्तुतिले दर्शकलाई पेट मिचीमिची हँसायो ।

गाईजात्रा कार्यक्रममा प्रस्तुत गरिएको प्रधानमन्त्री शेरबहादुर देउबाको अन्तर्वार्ताले दर्शकलाई हँसाएको थियो ।  सन्दिप क्षेत्रीले देउवाको अभिनय गरेका थिए भने कलाकार सरोज केसीले अन्तर्वार्ता लिएका थिए ।

लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजको निःशुल्क स्वास्थ्य शिविरको सहयोगार्थ गाई जात्रा उत्सव–२०१७ को आयोजना गरिएको हो ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की ,महावाणिज्यदूत प्रेमराजा महतलगायत डिसी क्षेत्रका नेपाली समुदायको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment