Comments Add Comment

ग्लोबल आइएमइको नाफा ४७ प्रतिशतले बढ्यो , नोक्सान प्रावधान आधाले घट्दा नाफामा टेवा


११ साउन, काठमाडौं । गत आव २०७३÷७४ मा ग्लोबल आइएमइ बैंकको नाफा ४७ प्रतिशतले बढेर २ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२÷७३ मा भने बैंकको नाफा १ अर्ब ३८ करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी भने २३ प्रतिशतले बढेर ३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ३७ करोड ४७ लाख रुपैयाँ, अन्य सञ्चालनबाट ५१ करोड ७१ लाख र बिदेशी मुद्राको कारोबारबाट बैंकले २७ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ३८ करोड ६८ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि छुट्याएको रकम आधाले घटाएको छ ।

बैंकले यसअघि ६० करोड ६८ लाख छुट्याएकोमा यसपटक ३४ करोड ७८ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.५७ प्रतिशत रहेको छ भने प्रावधान १ सय ४४ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड पुगेको छ । चुक्ता पुँजी बढेपनि सेयरमा प्रतिफल भने बढेको छ । यो दर १६.७३ प्रतिशत छ । प्रतिसेयर आम्दानी २५.२२ प्रतिशत रहेको छ । बैंकको सञ्चिती ४ अर्ब ९ करोड रहेको छ ।

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग १९.९२ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन ३६ प्रतिशतले बढेर १ खर्ब १ अर्ब र कर्जा लगानी ३२.८३ प्रतिशतले बढेर ८० अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७२.४४ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.४० प्रतिशत रहेको छ ।

बैंकमा पुँजी पर्याप्तता अनुपात १२.५० रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६१ रुपैयाँ रहेको छ ।
बैंकको कर्मचारी लागत ११ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ८ करोडले वृद्धि भएको छ ।

बैंकले सेयर धितोको कर्जामा २ अर्ब २ करोड, ओभर ड्राफ्ट शीर्षकमा ३९ अर्ब लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment