Comments Add Comment

प्रिमियर लिग जित्न युनाइटेड तयारः माउरिन्हो

काठमाडौं । म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले भनेका छन् कि उनको टोली प्रिमियर लिग जित्नका लागि तयार छ तर च्याम्पियन्स लिगमा चुनौति दिनका लागि भने अझै धेरै सुधारको आवश्यक छ ।

माउरिन्होको पहिलो सिजनमा युनाइटेडले लिगकप र युरोपा लिगको उपाधि जितेको थियो भने छैटौं स्थानमा रहेर पि्रमियर लिग टुंग्याएको थियो ।

के उनको टोली पि्रमियर लिग उपाधिको निशाना बनाइरहेको छ ? भन्ने बीबीसीको प्रश्नमा माउरिन्होले भनेका छन्, ‘हामी यसका लागि निक्कै तयारी गरेका छौं ।’

यस सिजनमा युनाइडेटले रोमेलु लुकाकु र भिक्टर लिण्डेलोफलाई भित्र्याएको छ ।

माउरिन्होले बीबीसी स्पोर्टससँग भनेका छन्, ‘आगामी सिजन थप मुस्किल हुनेछ तर मलाई लाग्छ कि पि्रमियर लिगको उपाधिका लागि हामी बलियो दावेदार हौं ।’

‘तर म विश्वास गर्छु हाम्रो समूहमा, हाम्रो आत्मामा, हाम्रो सहानुभूतिमा र हाम्रो मिलनमा, म मेरा केटाहरुमाथि भरोसा गर्छु र यसै स्पिरिटमा हामी प्रयास गर्नेछौं ।’

युरोपा लिग बिजेताको हैसियदमा युनाइटेडले एकैटोली च्याम्पियन्स लिगको समूह चरणबाट खेल्नेछ ।

‘हामी एक शीर्ष टोलीको रुपमा युरोपा लिगमा गएका थियौं, तर हामी च्याम्पियन्स लिगमा जाँदा टप टिममा पर्नेछैनौं’, माउरिन्होले थपे ।

‘हामी हाम्रो लक्ष्य पूरा गर्नका लागि धेरै परिस्कृत हुनुपर्नेछ, यसका लागि आधारभुत कुरा भनेको हाम्रो ड्रेसिङ रुममा खुसीयाली छाइराख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment