Comments Add Comment

नयाँशक्ति र फोरमको चुनावी तालमेल अन्योलमा

चुनावी रणनीति बनाउन फोरमको बैठक बस्दै

११ साउन, काठमाडौं । पहिलो र दोस्रो चरणको चुनावमा तालमेल गरेका नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरमवीचको चुनावी तालमेल अन्योलमा परेको छ ।

दुई पार्टीवीचको एकता वार्ता असफल भइसकेको छ । पार्टी एकता अनिश्चित भएसँगै अब चुनबी तालमेल वा कार्यगत एकता के हुने भन्ने विषयमा दुबै दलले कुनै निर्णय गर्न सकेका छैनन् ।

पदाधिकारी र पार्टीको नामको विषयमा कुरा नमिलेपछि तत्कालका लागि नयाँ शक्ति र फोरमको एकता प्रक्रिया टरेको हो ।

नयाँशक्ति र फोरमले गत चुनावमा ९ वटा स्थानीय तह जितेका छन् । तर, अब प्रदेश नम्बर २ मा चुनावी तालमेल हुने कि नहुने भन्ने अन्योल छ ।

यसैवीच आगामी स्थानीय चुनावको रणनीति बनाउन संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठक आजबाट राजधानीमा सुरु हुँदैछ । बैठक मध्यान्ह १२ बजेपछि सिनामंगलमा बस्नेछ ।

नयाँ शक्ति पार्टीको पनि आन्तरिक बैठक राजधानीमा बसिरहेको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय चुनावको समीक्षा गर्दै दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणको चुनावको रणनीति बनाउन बैठक बस्न लागेको फोरम नेपालकी राजनीतिक समिति सदस्य रेखा यादवले अनलाइनखबरलाई जानकारी दिइन् ।

बैठकमा आगामी चुनावका साथै वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक सांगठनिक स्वरुप र नयाँ शक्तिसँगको पार्टी एकता प्रयासको विषयमा पनि छलफल हुने यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment