Comments Add Comment

सानिमा बैंकको नाफा र व्याज आम्दानी दुवै ३० प्रतिशतले बढ्यो


११ साउन, काठमाडौं । गत आव २०७३/७४ मा सानिमा बैंकको नाफा ३० प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ९९ करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी भने ३० प्रतिशतले बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट १५ करोड ४९ लाख रुपैयाँ, अन्य सञ्चालनबाट ३० करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १९ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ३३ लाख मात्र फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि १३ करोड २० लाख रुपैयाँ छुट्याएको छ । यी दुवै शीर्षकमा नचलाएर नै बैंकले नाफामा ३० प्रतिशत वृद्धि हासिल गरेको छ ।
बैंकहरुले यी दुई शीर्षक कहिले बढाउने त कहिले घटाएको देखाएर पनि नाफा बढि गरेको देखाउने चलन छ ।  यस बैंकको खराब कर्जा ०.०१ प्रतिशत रहेको छ भने प्रावधान ११ हजारभन्दा बढि प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब ८७ करोड पुगेको छ । चुक्ता पुँजी ४६ प्रतिशतले बढेपछि सेयरमा प्रतिफल भने आधाले घटेको छ । यो दर १४.३५ प्रतिशत छ । प्रतिसेयर आम्दानी १८.८५ प्रतिशत रहेको छ । बैंकको सञ्चिती २ अर्ब १६ करोड रहेको छ ।

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग १४.९२ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन २५ प्रतिशतले बढेर ५८ अर्ब र कर्जा लगानी २६ प्रतिशतले बढेर ५१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७२.०४ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.२० प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १५.५५ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३१ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत करिब ८ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि १० करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा २६ करोड ९८ लाख, ओभर ड्राफ्ट शीर्षकमा १४ अर्ब ९८ करोड लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment