Comments Add Comment

महेन्द्रबहादुर शाही उर्जामन्त्री बन्ने पक्का, भन्छन्–लोडसेडिङ हुन दिन्नँ

'कमिसनखोरलाई ‘एक्सपोज’ गर्छु'

११ साउन, काठमाडौं । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही उर्जामन्त्री बन्ने भएका छन् । माओवादीले बुधबार थपिने मन्त्रीहरुको नाम त सार्वजनिक गरेको छैन तर, शाही उर्जामन्त्री हुने पक्का भएको माओवादी उच्च स्रोतले अनलाइखबरलाई बतायो ।

को हुन् शाही ?

कालिकोटका जन्मिएका ४१ वर्षीय शाही माओवादीका पूर्व लडाकू कमाण्डर पनि हुन् । जनयुद्धमा राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेका उनी प्रत्यक्ष निर्वाचित सांसद हुन् । सशस्त्र विद्रोहको सुरुदेखि नै लागेका उनको अध्ययन एसएलसीसम्म छ ।

कमिसनखोरलाई ‘एक्सपोज’ गर्छु

प्रचण्ड सरकारमा उर्जा मन्त्रालयमा सम्हालेर चर्चा कमाएका माओवादी केन्द्रका नेता जनार्दन शर्मा अहिले गृहमन्त्री छन् । पहिलो पटक मन्त्री हुन लागेका शाहीमाथि अब पार्टी नेता एवं पूर्व उर्जामन्त्री शर्माले जस्तै राम्रो काम गर्नु पर्ने दबाव पनि छ ।
|
उर्जामन्त्री बन्ने तयारीमा रहेका शाहीले भने पूर्वमन्त्री शर्माले गरेका राम्रा कामहरुलाई निरन्तरता दिने र विद्युत उत्पादन बढाउने केन्द्रीत हुने योजना बनाएको अनलाइनखबरलाई बताए । ‘शर्माले पावर म्यानेजमा निकै राम्रो काम गर्नुभयो र लोडसेडिङ अन्त्यको अभियान सुरु भयो’ उनले भने, ‘त्यसलाई निन्रन्तरता दिन्छु ।’

उनले अघि भने, ‘तर, म्यानेज गरेर मात्र पुग्दैन । माग बढ्दै जाने भएकाले उत्पादन पनि बढाउनुपर्छ । बाह्य लगानी भित्र्याउने र उत्पादन बढाउने मेरो योजना छ ।’

उनले फेरि लोडसेडिङ गराउने चलखेल हुन थालेको भन्दै आफ्नो पहिलो काम कमिसनखोरलाई ‘एक्सपोज’ गर्ने हुने बताए । उनले भने, ‘हिजो माफिया कमिसन खोरहरुले ब्रम्हलुट मच्चाएका थिए । अहिले फेरि सक्रिय हुन थालेका छन् । म एक्सपोज गर्छु ।’

हिउँदमा पनि लोडसेडिङ हुन नदिने भन्दै उर्जामन्त्री हुने तयारीमा रहेका शाहीले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ र आफ्नो टिमले काम गर्ने बताए ।

उनले विद्युत चोरी नियन्त्रण, ट्रान्समिसन लाइन सुधार, विद्युत लाइनको अण्डरग्राउण्ड, अनइलाइन तथा एसएमएसबाट महसुल तिर्ने व्यवस्था मिलाउने योजन सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment