Comments Add Comment

मारुती सिमेन्टको ‘१२ मा ६ खजाना’ योजना

११ साउन, काठकाडौं । मारुती सिमेन्टले ‘१२ मा ६ खजाना’ उपहार योजना ल्याएको छ । यो योजनामा सहभागी हुने जो कोही ग्राहकले एकपटक किनेको कुपनबाट ६ पटकसम्म उपहार विजेता बन्ने सम्भावना रहनेछ ।

‘हामी ग्राहकलाई सुरक्षित र मजबुत निर्माणको प्रत्याभूति त दिन्छौं नै साथ साथै उहाँहरुको दैनिक जीवनमा समेत खुशीयाल ीथप्न अग्रसर छौं । यसैले हामीले यसपटक ६/६ पटकसम्म उपहार विजेताबन्न सक्ने विशेष उपहार योजना संचालन गरेका छौं’ मारुती सिमेन्टका ब्राण्ड मानेजर  राजु श्रेष्ठले भने ।

कम्पनीका अनुसार उपहार योजनाका सम्बन्धमा यस योजनामा सहभागी बन्न ग्राहकले एकपटकमा १२ बोरा मारुती सिमेन्ट किन्नु पर्नेछ । यसरी सिमेन्ट किनेपछि स्क्य्राच कुपन दिइनेछ र कुपन स्क्य्राच गरेर स्योर सट उपहारमा तत्काल २० देखि ५० रुपैयाँ नगद छुट पाउनु हुनेछ ।

कुपनमा एउटा युनिक कोड पनि अंकित गरिएको हुन्छ र उक्त कोड ३२०४८ मा एसएमएस गरेर पठाउनु पर्नेछ । जुन कुपनबाट ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल, हरेक साता थाइलैण्ड भ्रमण, हरेक महिना बजाज एभेन्जर बाइक र बम्पर उपहारमा १५ तोला सुन उपहार प्राप्त गर्ने अवसर रहनेछ ।

साथै मेगा बम्पर उपहारमा एकजना भाग्यशाली ग्राहकले रेनल्टको क्वीड कार जित्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment