Comments Add Comment

प्रभु बैंकको सहयोगमा ‘इ शिक्षा पोर्टल’ सुरु


११ साउन, काठमाडौं । शैक्षिक संस्थाहरुलाई अत्यन्तै उपयोगी ई शिक्षा पोटलको उद्घाटन प्रभु बैकका प्रमुख कार्यकारी अधिकुत अशोक शेरचनले गरेका छन् ।

प्रभु ग्रुपले सामाजीक उत्तरदायित्व अन्तरगत रहेर यसलाई नेपालमा पनि सुरुवात गरेको हो । शैक्षिक संस्थाहरुलाई प्रसाशनिक, आर्थिक, शैक्षिक तथा अन्य ब्यवस्थापकिय कार्यहरुलाई ई शिक्षा पोर्टल फलदायी हुने विश्वास लिइएको छ ।

यो पोर्टल भारत स्थीत ई शिक्षा कम्पनीले निर्माण गरेको हो भने त्यहाका ५ सयभन्दा बढी शैक्षिक संस्थाहरुले यसको प्रयोग गर्दै आईरहेका छन् । उक्त ई शिक्षा प्रणाली एवं कागज रहित संरचनाको विकास गरी सम्पुर्ण स्कुल तथा कलेजलाई आधुनीकिकरण गर्ने सोचका साथ नेपालमा पनि सुरु गरिएको हो ।

यसले अभिभावक तथा विद्यार्थीहरुलाई सम्पुर्ण कार्य अनुगमन गर्न ई शिक्षा लाभदायीक हुने विश्वास प्रभु ग्रुपले लिएको छ ।
यो प्रणालीको सुरुवात पछि विद्यार्थी, यातायात, पुस्तकालय, होमवर्क, वित्तिय विवरण, हाजिरी, परिक्षा, परामर्श बिज्ञापन लगायतको अनलाइन जाँच गर्न सक्ने छन् ।

त्यस्तै, चौविसै घण्टा तथा सातैदिन प्रभुको संजालबाट शुल्क संकलन, ई बैकिङ एवं रुपैया कार्ड बाट तिर्न मिल्ने एवं अभिभावकले यसबारे घरैबाट अनुगमन गर्नुका साथै चाहिए अनुसारको सुचना सम्पे्रषण गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment