Comments Add Comment

लक्ष्मी भ्यालु फण्डले २५ प्रतिशत लाभांश दिने


११ साउन, काठमाडौं । लक्ष्मी भ्यालु फण्ड १ ले इकाई भनी लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको यो कम्पनीको पहिलो सामूहिक लगानी कोष योजना हो ।

कम्पनीको १० गते बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको असारसम्मको वित्तीय विवरण अनुसार लक्ष्मी भ्यालु फण्डको प्रति इकाइ खुद मूल्य १३ रुपैयाँ ९८ पैसा रहेको छ । यो योजनाको नाफा १४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

योजनाको रकम ४० सूचीकृत संस्थामा लगानी भएको छ जसको बजार मूल्य ३२ करोड ९४ लाख रहेको छ । त्यस्तै, यो यजनाको ३५ करोड रुपैयाँ भने बैंकमा मुद्दती निक्षेप र मौज्दातको रुपमा राखिएको छ ।

कम्पनीको अर्को योजना ल्क्ष्मी इक्विटी फण्ड पनि सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment