Comments Add Comment

छोरीको बर्थडेमा बुवाले यस्तो तस्वीर शेयर गरेपछि…


फरक गर्ने धूनमा मानिसहरु अहिले जन्मदिनको शुभकामना व्यक्त गर्न पनि अनौठा तरिकाहरु खोज्न थालेका छन् । यस्तैमा एकजना बुवाले आफ्नी छोरीको बर्थडे विश गर्नका लागि अपनाएको तरिका अहिले निकै भाइरल बनिरहेको छ ।

हो, अहिले सोसल मिडियामा जोए पेलेट र उनकी छोरी रेलिन पेलेट चर्चामा छन् । नहोउन् पनि किन ? आखिर जोएले हालै आफ्नी छोरी रेलिनको जन्मदिन अनौठो तरिकाले विश गरे ।

रेलिनको जन्मदिनका दिन जोएले एउटा यस्तो तस्वीर पोस्ट गरे सोसल मिडियामा । तस्वीर मात्र होइन, त्यसको क्याप्सन पनि सानदार तथा अनौठो पाराले लेखिदिए ।

आफ्नी छोरीको २१ औँ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पोस्ट गरेको तस्वीरसँगै जोएले लेखेका छन् : २१ औँ जन्मदिनको शुभकामना मेरो सुन्दर छोरी (बायाँं) रेलिन ।

जन्मदिनको शुभकामनामा पोस्ट गरेको तस्वीरको क्याप्सनमा बाँया शव्द प्रयोग गरे । तर उक्त तस्वीरमा रेलिन बाहेक अरु कुनै मानिस थिएनन् । रेलिनको उक्त तस्वीरमा वास्तवमा उनको दायाँपट्टि सामुद्रिक पानी बिरालो उभिएको थियो । तस्वीरमा एउटा पानी बिरालो र अर्को रेलिन भएपछि जोएको छोरी रेलिन नै हो भन्ने कुरा तस्वीर हेर्दै मानिसहरुलाई थाहा पाइहाल्थे । तर जोएले चाहीँ तस्वीरमा रहेका दुई प्राणीमध्ये बायाँ पट्टिको केटी आफ्नो छोरी हो भन्ने कुरा खुलाएर युनिक पाराले प्रस्तुत भए । ता की मानिसहरु रेलिन नामको पानी बिरालोको बर्थडे विश गरिरहेका छन् भन्ने भ्रममा नपरुन् ।

जन्मदिनको शुभकामना दिने बुवाको यो शैली रेलिनलाई खुबैै मन परेछ । उनले बुवाको उक्त पोस्टलाई स्क्रिनशट गरेर २१ जुलाईमा आफ्नो ट्विटरमा शेयर गरिन् । साथै उनले बुवाको त्यो शानदार स्पष्टिकरण सहितको पोष्टका लागि धन्यवाद पनि दिइन् ।

मानिसहरुले छोरीको बर्थडे विश गर्ने जोएको यो अनौठो शैलीप्रति अनेक प्रतिक्रिया जनाएका छन् सोसल मिडियामा । कतिपयले जोएलाई तारिफ गरेका छन् भने कतिपयले खिल्ली उडाएका छन् । रेलिनले ट्विटरमा पोस्ट गरेको स्क्रिन सटमै लाखौँ रिट्विट तथा लाइक प्राप्त भएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment