Comments Add Comment

पोखरा र वुटवलमा रुचाइएको ‘प्रेमगीत २’, प्रदिपको लोभलाग्दो क्रेज

‘प्रेमगीत २’ रिलिज हुन अब दुइ दिन मात्र बाँकी छ । यसलाई, चलचित्रको रिलिजको उल्टो गणना सुरु भएको भन्न सकिन्छ । चलचित्र रिलिजको २ दिन मात्र बाँकी रहँदा यसको सकारात्मक प्रतिक्रिया आउन थालेको छ । मोफसलका दुइ शहरमा चलचित्रको विशेष शो गरिएको छ ।

नेपाली चलचित्रका लागि दोश्रो ठूलो बजारको रुपमा रहेको पोखरा र चौथो ठूलो बजारको रुपमा रहेको वुटवलमा चलचित्र देखाइएको हो । क्यूएफएक्स पोखरा र भ्यूज बुटवलमा चलचित्रको शो आयोजना भएको हो । प्रदर्शनीमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र अश्लेषा ठकुरीको साथमा निर्देशक रामशरठ पाठक र निर्माता तथा कलाकार सन्तोष सेन उपस्थित थिए ।
दर्शकले चलचित्रको प्रेम, संगीत र एक्सनलाई रुचाएका छन् । एउटा पूर्ण रुपमा मनोरञ्जन प्रदान गर्ने चलचित्रको रुपमा दर्शकले यसलाई लिएका छन् ।

चलचित्रको शोमा पुगेका प्रदिपको यूवती क्रेज खुबै देखिएको थियो । उनीसँग सेल्फी लिन यूवतीहरुले तछाडमछाड गरे । यो चलचित्र शुक्रबारबाट देशभरका हलमा रिलिज हुँदैछ ।

फेसबूकमा यूवाहरुले संचालन गरेको समुह ‘मेन्स रुम रिलोडेड’ले शोको आयोजना गरेको हो । च्यारेटी शोबाट उठेको रकम अनाथ बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा खर्चिने एमआरआरले जनाएको छ ।

म्यानमारबाट नेपाल घुम्न आएकी यूवती नेपाली यूवकको प्रेममा परेपछि उत्पन्न हुने प्रेम, पीडा र द्धन्द्धको कथालाई यो चलचित्रले उठान गरेको छ । पोखरा र वुटवलबाट पाएको प्रतिक्रियाले अत्यन्तै उत्साहित भएको निर्माता सन्तोष सेनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment