Comments Add Comment

साउनको सोमबार किन धतुरो र बेलपत्र चढाइन्छ ? यस्तो छ कारण

साउन महिनामा शिवालय धाउने, पूजाआजा गर्ने, ब्रत-उपवास बस्ने गरिन्छ । यसको धार्मिक महत्व त छदैछ, सामाजिक र वैज्ञानिक महत्व पनि छ । खेती किसानीबाट मिल्ने फुर्सदिलो समयमा भक्ती-आराधना गर्ने, धार्मिक प्रवृत्तिलाई बढाव दिने, ब्रत उपवास बस्ने, सात्विक भोजन गर्ने महिना हो, साउन । साउन महिनाको सोमवारलाई विशेष मानिन्छ, शिव आरधानाका लागि । यसदिन शिवलिंगमा जल, दुध, वेलपत्र र धतुरो चढाउने गरिन्छ ।

– शिवलिंगमा वा मन्दिरमा चढाइने जति पनि चिजहरु हुन्छन्, ति औषधीय गुणले भरिपूर्ण हुन्छ ।

– यसबेलाको भोजन तालिका पनि स्वस्थ्यकर हुने गर्छ । राती सुन्ते वेला दुध खाने, विहान उठ्नसाथ पानी खाने र खाना पछि मोहि खाने हो भने वैद्य अर्थात डाक्टरको आवश्यक्ता पर्दैन ।

– दुध आफैमा पूर्ण भोजन हो, जसमा शरीरलाई चाहिने सम्पूर्ण पौष्टिक तत्व पाइन्छ ।

– यसबेला शिवालयमा चढाइने धतुरोको औषधिय महत्व छ । यसको प्रयोगबाट कतिपय रोग निदान गर्न सकिन्छ ।

– छाला, श्वासप्रश्वास, पायल्स, दाँत, पेटको समस्या निदानका लागि धतुरोको प्रयोग गर्न सकिन्छ ।

– धतुरको पञ्चाङको रस तीलको तेलमा पकाएर राख्ने र मालिस गर्नाले जोर्नी दुखेको ठीक हुन्छ । छालामा लगाउने छालको समस्य ठीक हुन्छ ।

– कानवाट पिप बग्ने समस्य भएमा शुद्ध तोरीको तेलमा गन्ध र धतुरो पातको रस पकाएर राख्ने र दिनमा एक थोपा कानमा राख्नाले राम्रो हुन्छ ।

– धतुरोमा भिटमिन सि, पोटासियम नाइट्रेट, उडनशील तेल, क्लोरोजेनि एसिड आदि पाइन्छ ।

– यस्तै साउनको सोमबार शिवलिंगमा बेलपत्र र बाल बेल चढाइन्छ, यसको पनि खास अर्थ छ ।

– आफ्नै शरीरलाई शिवालय देवालय मानेर हरेक दिन दुध वा बेलपत्र खानाले उच्च रक्तचाप, मधुमेह जस्ता समस्यमा हट्छ ।

– पेटका अन्य समस्य पनि यो उपयोगी हुन्छ ।

– साउनमा शिवलिंगमा चढाइएको बालबेल जम्मा गरेर सुकाएर चुर्ण बनाएर राख्न सकिन्छ ।

– बालबेलको चुर्णलाई चियाको रुपमा खानाले चियाको स्वादपनि मेटिन्छ र पेटको रोगहरु पनि ठीक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment