Comments Add Comment

कपिलको पारिश्रमिक खस्किएपछि उकालो लागे सुनिल


कमेडियन कपिल शर्मा अहिले खस्किएका छन् । सोनी टेलिभिजनबाट प्रशारण भैरहेको उनको कमेडी शो ‘कपिल शर्मा शो’को टीआरपी अहिले खस्किएको छ ।

कपिल शर्मा खस्किएपछि उनको पारिश्रमिक पनि ओरालो लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । कपिल ओरालो लागेपछि उनका प्रतिस्पर्धी कलाकार सुनिल ग्रोवरको पारिश्रमिक भने उकालो लागेको भारतीय मिडियाले बताएका छन् ।

मिडियाका अनुसार, कपिलको शोमा काम गर्दा सुनिलले एउटा भागको ८ लाखसम्म लिन्थे । तर, अहिले कपिलको मार्केट खस्कन थालेपछि उनले पारिश्रमिक बढाएर १४ लाखसम्म पुर्‍याएका छन् । अहिले, सुनिल स्टेज कार्यक्रमदेखि विभिन्न शोमा व्यस्त छन् ।

कपिलको शोको टीआरपी घटेपछि उनको पारिश्रमिक पनि घटेको छ । एक भागको ८० लाखसम्म लिने कपिल अहिले आधा पारिश्रमिकमा काम गरिरहेका छन् । सोनी टेलिभिजनले यो शो बन्द गर्ने तयारी पनि गरेको भारतीय मिडियाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment