Comments Add Comment

थापाथलीमा टाटाको अत्याधुनिक र शानदार शो-रुम (फोटो फिचर)

'नेपालकै ठूलाे अटाे शो-रूम'


११ साउन, काठमाडौं । आजभोलि थापाथलीमा नयाँ खुलेको टाटाको शो-रुम आकर्षण र चर्चाको केन्द्रमा छ । गाडीमा चासो राख्ने जो-कोही पनि शो-रुम पुग्दा एक पटक प्रवेश गर्न इच्छा राख्न सक्छन् । किनभने टाटाले आफ्नो नयाँ कार शो-रुमलाई भब्य र शानदार रुपमा प्रस्तुत गरेको छ ।

६ हजार २ सय स्क्वायर फूटमा फैलिएको टाटाको शो-रुम नेपालकै सबैभन्दा ठूलो आधुनिक अटो शो-रुम भएको दावी कम्पनीको छ । शो-रुम भूकम्पप्रतिरोधी स्टिल फिक्सिङ प्रविधिमा आधारित भएर बनाइएको छ ।

शो-रुमलाई विशेष लाइटसहित विभिन्न तरिकाबाट आकर्षक रुपमा सजाइएको छ । टाटा मोटर्सको आधिकारिक किक्रेता सिप्रदी ट्रेडिङ प्रालिका असिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्की शो-रुमको मुख्य डिस्प्ले एरिया ४ हजार स्कवायर फूट क्षेत्रफलमा ओगटेको बताए ।

‘हामी डिस्प्लेमा गज्जबसँग १० वटा गाडी राख्न सक्छौं । शो-रुमको निर्माण नसकिँदै हामीले यसबारे राम्रो प्रतिक्रिया पाएका छौं’ कार्कीले भने,’यो देख्दा आकर्षक मात्रै हैन, ग्राहकका लागि हामीले सुविधायुक्त पनि बनाएका छौं ।’


यसअघि थापाथलीमा टाटाको कमर्सियल गाडीको शो रुममै केही भाग छुट्याएर कार डिस्प्ले गर्ने गरिएको थियो । कारको मुख्य शो-रुम भने टेकुमा थियो ।

अब भने थापाथलीमा टाटा-सिप्रदीको कार डिपार्टमेन्ट नै सरको छ । शो-रुमसँगै आधुनिक प्रविधिमा आधारित भएर कार डिपार्टमेन्टको अफिस सेट गरिएको छ ।

अब टाटाले शो-रुमको मद्धतमा कस्टमर सर्भिसमा थप नयाँ आयाम थप्ने असिस्टेन्ट जेनेरल म्यानेजर कार्कीले बताए ।
कम्पनीले शो-रुमभित्रैको क्षेत्रमा १५ वटासम्म गाडी टेस्ट ड्राइभका लागि राख्न सक्ने क्षेत्र पनि तयार राखेको छ ।

त्यसैगरी ग्राहकले १५ वटासम्म सवारी सजिलैसँग शो-रुमको पार्किङ स्थलमा आएर पार्क गर्न सक्नेछन् ।


‘टाटाको शो-रुम आएका ग्राहकले पार्किङ खोज्दै हिँड्नुपर्दैन’ कार्कीले भने, ‘हामी ग्राहकलाई अधिकतम् सहजताका लागि प्रयासरत छौं ।’

उनले साँझको समयमा शो-रुमको डिस्प्ले अझ भब्य देखिने गरेको भन्दै टाटाका गाडीलाई साँच्चिकै अनुभुत गर्न ग्राहकलाई अझ सहज भएको बताए ।

‘हामीयो शो-रुममा आएपछि इन्क्वायरीका लागि आउने ग्राहक ३ गुणा बढेका छन्’ कार्कीले भने,’ग्राहकमैत्री भएकाले पनि शो-रुमको महत्व विशिष्ट नै छ ।’





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment