Comments Add Comment

माओवादी सांसद श्रेष्ठद्वारा राज्यमन्त्री पद अस्वीकार

११ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले राज्यमन्त्री पद अस्वीकार गरेका छन् ।

माओवादीले ६ मन्त्रीसँगै केही राज्यमन्त्री पठाउने तयारी गरेको थियो । जसमा रामेछापबाट प्रत्यक्ष निर्वाचित सांसद श्रेष्ठलाई राज्यमन्त्री बनाउने प्रस्ताव गरिएको थियो ।

तर, श्रेष्ठले राज्यमन्त्री बन्न अस्वीकार गरेका छन् । सुरुमा मन्त्री बनाउँछु भनेको तर, अहिले आएर राज्यमन्त्री बन्न भनेको भन्दै श्रेष्ठले पद अस्वीकार गरेका हुन् ।

यो पनि पढ्नुहोस्
रामेछापले मन्त्री नपाएको भन्दै माओवादीमा असन्तुष्टि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment